Shikhar Insurance
National Life

बंगलादेशमा २४ घण्टामा डेंगुबाट ३ हजारभन्दा बढी व्यक्ति सङ्क्रमित

सिंहदरबार संवाददाता
२०८० आश्विन १, सोमबार १७:३६
Hyundai
NCELL
NIMB

ढाका । बङ्गलादेशमा शनिबारदेखि आइतबार बिहानसम्मको २४ घण्टामा ३ हजार १ सय २२ जना नयाँ डेङ्गुका बिरामी फेला परेका छन् । यस वर्ष एकै दिनमा अस्पताल भर्ना भएका बिरामीको यो सङ्ख्या अहिलेसम्मको नै सबैभन्दा बढी भएको ढाका ट्रिब्युनले जनाएको छ ।

प्रतिवेदनअनुसार यो अवधिमा लामखुट्टेको टोकाइबाट सर्ने रोगका कारण थप १८ जनाको मृत्यु भएको छ । स्वास्थ्य सेवा महानिर्देशनालयका अनुसार यो वर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या ८२२ पुगेको छ । ढाका ट्रिब्युनका अनुसार ढाकाका अस्पतालमा ८ सय ४९ जना र राजधानी बाहिरका अस्पतालमा डेङ्गुका बाँकी बिरामी भर्ना भएका छन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ढाकामा ४ हजार ६६ सहित १० हजार ४ सय ३७ डेङ्गुका बिरामी हाल देशभरका अस्पतालमा उपचाररत छन् । यस वर्ष अहिलेसम्म एक लाख ६७ हजार ६८४ जनामा डेङ्गु को सङ्क्रमण देखिएको छ भने निको हुनेको सङ्ख्या एक लाख ५६ हजार ४२५ पुगेको छ ।

यद्यपि, यो महिना मृत्यु हुनेको सङ्ख्या २२९ पुगिसकेको छ र भेक्टरजनित रोग अनियन्त्रित रूपमा फैलिरहेको छ। बङ्गलादेशमा सन् २०२२ मा डेङ्गुका कारण २८१ जनाको मृत्यु भएको थियो । सन् २०१९ मा १७९ जनाको मृत्यु भएको र यो बर्ष डेङ्गुका कारण मृत्यु हुनेको सङ्ख्या झण्डै १०० सङ्ख्याले बढी भएको हो । सन् २०२२ मा बङ्गलादेशमा ६२ हजार ४२३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो भने ६१ हजार ९ सय ७१ जना निको भएका थिए ।

यसैबीच युनिसेफले बङ्गलादेशलाई डेङ्गुको प्रकोप नियन्त्रणका लागि २२ लाख ५० हजार अमेरिकी डलर बराबरको स्वास्थ्य सहायता प्रदान गर्ने जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायले छिट्टै स्वास्थ्य, पानी, सरसफाइ र स्वच्छताका क्षेत्रमा अन्य महत्वपूर्ण आपूर्ति र सेवाहरूका साथै तत्काल आवश्यक परीक्षण किटहरू र पेशेवरहरूको प्रशिक्षण प्रदान गर्नेछ । बङ्गलादेशको ६४ जिल्लामा अहिले डेङ्गुको प्रकोप फैलिसकेको छ । एएनआई

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्