काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार झिनो अंकले बढेर बन्द भएको छ । सोमबार नेप्से परिसूचक सामान्य अंकले बढ्दा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमा लगानीकर्ताहरु झुम्मिएका छन् । यसदिन कम्पनीको इन्स्योरेन्सको सर्वाधिक ९ करोड ३८ लाख ८० हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको हो ।
त्यस्तै, एनआइसी एशिया बैंकको ४ करोड ३४ लाख ३ हजार, साल्ट ट्रिडिङ कर्पाेरेशनको ३ करोड ९९ लाख ४० हजार, एभरेष्ट बैंकको ३ करोड ६० लाख ८२ हजार र आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको २ करोड ४२ लाख ६ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सोमबार ४.२६ अंक बढेर १,९६९.१८ को विन्दुमा बन्द भएको छ । त्यसैगरी, ठूला कम्पनीप्को सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.०४ अंक बढेर ३७८.७३ को विन्दुमा बन्द भएको हो ।
यसदिन नेप्से परिसूचक बढेपनि कारोबार रकम भने घटेको छ । अघिल्लो कारोबारको दिन २ अर्ब २ करोड ८४ लाख ६५ हजार रुपैयाँमा बराबरको सेयर खरिदबिक्री भउको बजारमा यसदिन २७१ कम्पनीको २८ लाख ७४ हजार २७५ कित्ता सेयर ८७ करोड ४ लाख ४४ हजार रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएका १४९ कम्पनीको सेयर मूल्य बढेको छ । ६२ कम्पनीको सेयर मूल्य घटेको छ भने, १५ कम्पनीको सेयर मुल्य स्थिर छ ।
नेप्सेका अनुसार इमर्जिङ्ग नेपालको सेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै, थ्रिस्टार हाइड्रोपावरको ९.९८ प्रतिशत, भुगोल इनर्जिको ८.७२ प्रतिशत, आबीबी म्युचुअल फण्ड २ को ७.९४ प्रतिशत र मेच्छियम हाइड्रोपावर कम्पनीको ७.७७ प्रतिशत सेयर मूल्य बढेको छ । भने अन्य कम्पनीको सेयर मूल्य ७.६९ प्रतिशत भन्दा कमले बढेको छ । कारोबारमा आएको शुभम् पावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ ।
१३ उपसमूहमध्ये यस दिन १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ। यस दिन बैंकिङ्ग उपसमूहबाहेक अरु सबै उपसमूहको परिसूचक बढेको हो। जसमध्ये जलविद्युत र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। बैंकिङ्ग उपसमूहको परिसूचक यस दिन ०.४० प्रतिशत घटेको छ।
प्रतिक्रिया दिनुहोस्