Shikhar Insurance
National Life

इसेवा मनी ट्रान्सफरको अभियानः डिजिटल माध्यमबाट नेपालमा पैसा पठाउनेमध्ये एक जनालाई काठमाडौंमा घर

सिंहदरबार संवाददाता
२०८० आश्विन १, सोमबार १२:४१
Hyundai
NCELL
NIMB

काठमाडौं । स्थापनाकालको छोटो समयमै, वैधानिक, माध्यमबाट संसारका २ सयभन्दा बढी देशबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएकोडिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फरले डिजिटल रेमिट्यान्सको माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै देशलाई समुन्नत बनाउन अठोटका साथ “मेरो डिजिटल देश” अभियानलाई निरन्तरता दिएको जनाएको छ । राजधानीमा प्रेस कन्फरेन्समार्फत इसेवा मनी ट्रान्स्फरले यस अभियानअन्तर्गत फेरि पनि काठमाडौंमा घर योजना सार्वजनिक गरेको छ।

उक्त अभियान आज सोमबार असोज १ देखि सुरु भएर असार ३१, २०८१ सम्म जारी रहने कम्पनी स्रोतले जनाएको छ। परम्परागत शैलीमा हुँदै आएको रेमिट्यान्स कारोबारलाई डिजिटलतर्फ लैजाने अभिप्रायका साथ यो अभियान सुरु गरिएको कम्पनीको भनाइ छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

साथै, यस योजनामार्फत डिजिटल रेमिट्यान्सलाई थप बढावा दिन देशको आर्थिक स्थिति बलियो बनाउन र देशमा विदेशी मुद्राको सञ्चितलाइ थप मजबुत बनाउनका लागि पनि १० महिने यस योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

“मेरो डिजिटल देश” अभियानअन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीहरुले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागिता जनाउन सक्नेछन्। यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महिना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्नेछन्।

अभियानबारे आफ्नो धारणा व्यक्त गर्दै एफवान सफ्ट ग्रुपका डाइरेक्टर सुवास शर्माले भने, “यो योजना वैदेशिक रोजगारीमा रहेका नेपाली व्यक्तिहरूले गरेको समर्पण र बलिदानप्रति हाम्रो प्रशंसाको प्रतीक हो। प्रत्येक विदेशमा काम गर्ने नेपालीको एउटा आकांक्षा भनेको काठमाडौंमा घर बनाउनु हो र यस अभियानको माध्यमबाट, हामीले कम्तिमा एउटा व्यक्तिको सपना पुरा गर्न सक्नेछौं।

साथै, इसेवा मनि ट्रान्स्फर र ईसेवाको संयुक्त प्रयासले यस अभियानलाई अझै धेरै डिजिटल मध्यमलाई बढावा दिइनेछ। यसबाहेक, हामीलाई थाहा छ रेमिट्यान्स हाम्रो राष्ट्रिय आम्दानीको महत्वपूर्ण हिस्सा पनि हो। यो योजनामार्फत, हाम्रो उद्देश्य नेपाली नागरिकको आकांक्षा पूरा गर्ने हो जसले आफ्नो परिवारमा खुशी ल्याउन र सम्पूर्ण राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउन लगनशील भई काम गरिरहेको छ।”

अभियानबारे एफवान सफ्ट ग्रुपका ग्रुप स्ट्राटेजी डाइरेक्टर डेनियल डी श्रेष्ठले भने, “इसेवा मनि ट्रान्स्फरको स्थापनाकालदेखि नै आर्थिक विकासमा महत्वपूर्ण योगदान रहेको छ । यस योजना अन्तर्गत, विदेशमा बसोबास गर्ने र रोजगारीमा रहेका सबै नेपालीहरूलाई डिजिटल इकोसिस्टममा सक्रिय रूपमा सहभागी हुन र आफ्नो रेमिट्यान्स आवश्यकताहरूका लागि वैधानिक माध्यम प्रयोग गरी राष्ट्रको समग्र आर्थिक उन्नतिमा योगदान दिन प्रोत्साहित गर्दछु।”

इसेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले इसेवा र इसेवा मनी ट्रान्स्फरको संयुक्त प्रयासबाट विदेशमा रहेका नेपालीहरुलाई डिजिटल माध्यम बाट केहि मिनेटमै नेपालमा सहजै पैसा पठाउन मिल्ने बताए ।

अभियानबारे इसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत अजेस कोइरालाले भने, “यो अभियानमा विश्वको जुनसुकै ठाउँमा रहेका नेपालीहरु सहभागी हुने र देश डिजिटल बनाउनमा योगदान पुर्याउनु हुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं विश्वका बिभिन्न देशबाट नेपालमा पैशा पठाएर देशलाइ यतिठुलो आर्थिक योगदान पुर्‍याउनु हुने ती सहयोगी हातहरु मध्ये केहि लाई १० महिने यस अभियानमार्फत हामी विशेष रुपमा सम्मान गर्नेछौं ।”

यसका साथै इसेवा मनि ट्रान्स्फरका ब्रान्ड एम्बेसडर राजेश हमाल, स्वस्तिमा खड्का, दयाहाङ राई र इसेवाका ब्रान्ड एम्बेसडर बिपिन कार्कीले डिजिटल रेमिट्यान्ससम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय चेतनामूलक कार्यक्रममा अभियानलाई प्रवर्द्धन गर्न सहभागिता जनाउने कम्पनीले जनाएकाे छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्