काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । अघिल्लो दिन प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य ९ सय रुपैयाँले बढेर ८९ हजार ९ सय पुगेको छ ।
यस्तै, तेजाबी सुनको मूल्य पनि ८९ हजार ४५० रुपैयाँ पुगेको छ ।
सुनको मूल्य बढ्दा चाँदी पनि महंगिएको छ । चाँदी २० रुपैयाँले बढेर १२ सय ८० रुपैयाँमा खरीदविक्री भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्