Shikhar Insurance
National Life

‘मनाउ रियलमीसँग टिकटक च्यालेन्ज’ सार्वजनिक

सिंहदरबार संवाददाता
२०८० भाद्र ३१, आईतवार १७:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । टेक्नोलोजी ब्रान्ड रियलमीले नेपाली नारीहरुको महान चाड हरितालिका तीजको अवसर पारेर ‘मनाउ तीज रियलमीसँग’ टिकटक च्यालेन्ज ल्याएको छ । यस च्यालेन्जमा सहभागी हुनको लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकहरुले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने कम्पनीले जनाएको छ ।

उक्त भिडियोमा # मनाउँ तीज रियलमीसँग र #DareToLeap  प्रयाेग गरेर @realmenepal लाइ ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागी हुन सकिने जनाइएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

भदाै २२ गतेदेखि सुरु भएको यो प्रतियोगितामा भोलि हरितालिका तीजको राति अर्थात् असोज १ गते रातिको १२ बजेसम्म सहभागि हुन सक्नेछन् । सबैभन्दा बढी लाइक प्राप्त गर्ने ५ भिडियोलाई विजेता घोषणा गरिनेछ । विजेताहरुलाई रियलमीद्वारा आकर्षक पुरस्कारको साथै

आफ्नो परिवारको एक जना सदस्यसँग रात्रीभोज (डिनर) जाने मौका पनि प्रदान गरिने जनाइएको छ । रियलमी नेपालले समस्त नेपाली नारीहरुलाई हरितालिका तीजको शुभकामना पनि व्यक्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्