काठमाडौं । अनेरास्ववियूले प्रस्तावित विद्यालय शिक्षा विधेयकमाथि सडक बहस आयोजना गरेको छ । एकिकृत समाजवादी पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पस अगाडी सडक बहस आयोजना गरेको हो । कार्यक्रममा प्रतिनिधी सभा सदस्य मेटमणी चौधरी लगायतले विधेयकमाथि धारणा राखेका थिए ।
सांसद चौधरीले प्रस्तावित विद्यालय शिक्षा विधेयकलाई आवश्यकता अनुसार परिमार्जनका लागि आफुले भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।शिक्षा विद विद्यानाथ कोइरालाले शिक्षकहरु पनि सुध्रिने गरि बिधेयक अघि आउनुपर्ने बताए ।
उनले गाउँ गाउँमा गुणस्तरिय शिक्षा पुर्याउने सुनिश्चितता गरिनुपर्नेमा जोड दिएका थिए । विद्यालय शिक्षा विधेयकलाई समय सापेक्षा बनाउन आफुहरुले सडक बहसबाट दबाव सिर्जना गरेको अनेरास्ववियूका महासचिव महेश श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्