Shikhar Insurance
National Life

चिनियाँ रक्षा मन्त्री दुई हप्तादेखि गायब

सिंहदरबार संवाददाता
२०८० भाद्र ३०, शनिबार ११:२९
Hyundai
NCELL
NIMB

काठमाडौं । चिका रक्षा मन्त्री ली शांङफु दुई हप्तादेखि गायब भएका छन् । अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार रक्षा मन्त्री शाङफुमाथि चिन सरकारले कुनै ठूलो कारवाही गरेको हुन सक्नेछ । चिनियाँ रक्षा मन्त्री पछिल्लो दुई हप्तादेखि सार्वजनिक कार्यक्रमहरुमा देखिएका छैनन् ।

उनलाई भ्रष्टाचारको आरोपमा पक्राउ गरिएको हुन सक्ने आशंका पनि गरिएको छ तर चिन सरकारले हालसम्म यसबारेमा कुनै धारणा सार्वजनिक गरेको छैन् । वाल स्ट्रिट जर्नलले चिनियाँ रक्षा मन्त्रीलाई पदबाट हटाएर पक्राउ गरिएको हुन सक्ने सम्भावनाबारे लेखेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

केहि महिना अघि चिनियाँ विदेश मन्त्री चिङ गाङ पनि अचानक गायब भएका थिए । जुलाईमा उनलाई बर्खास्त गरेर विदेश मन्त्रीको जिम्मेवारी पनि प्रधानमन्त्रलाई दिईएको थियो । बर्खास्तीमा परेका विदेश मन्त्री गाङका बारेमा पनि चिन सरकारले अहिलेसम्म सार्वजनिक प्रतिक्रिया जनाएको छैन् ।

लिलाई अन्तिम पटक अगस्ट २९ मा सार्वजनिक समारोहमा देखिएको थियो । उनी पनि विदेश मन्त्री जस्तै राष्ट्रपति सि जिनपिङका बिशेष पात्र मानिन्थे । चिनियाँ सेनामा भ्रष्टाचार भएको आशंकामा कैयौं उच्च सैन्य अधिकारीमाथि कारवाही सुरु गरिएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्