काठमाडौं । नेपाल आयल निगमनले इन्धनको मूल्य वृद्धि गरेको छ । शुक्रबार (आज) मध्यरातबाट लागू हुने गरी निगमले पेट्रोलमा प्रती लिटरको एक रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।
अब काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मुल्य एक लिटरको १८३ रुपैयाँ पर्नेछ । त्यस्तै, चारआली, बिराटनगर, जनकपुर, अमलेखगञ्ज र नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १८० रुपैयाँ ५० पैसा र सुर्खेत र दाङ क्षेत्रमा १८२ रुपैयाँ पर्नेछ ।
प्रतिक्रिया दिनुहोस्