Shikhar Insurance
National Life

मुम्बईमा विमान दुर्घटना हुँदा कम्तीमा आठ जना घाइते

सिंहदरबार संवाददाता
२०८० भाद्र २९, शुक्रबार १३:३१
Hyundai
NCELL
NIMB

नयाँदिल्ली । भारतको मुम्बइस्थित विमानस्थलमा भारी वर्षाकाबीच बिहीबार साँझ एउटा सानो विमान दुर्घटना हुँदा आठ जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

विमान अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर दुई भागमा टुक्रिएको निजी विमानमा चालक दलका तीन सदस्यसहित ८ जना सवार थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

दुर्घटनापछि विमानस्थलको धावनमार्ग केही समयका लागि रोकिएको थियो जसका कारण उडान आगमन र प्रस्थानमा ढिलाइ भएको थियो ।

विमानस्थलले जारी गरेको छोटो विज्ञप्तिमा भनिएको छ, “विशाखपटनमबाट मुम्बईका लागि उडान भरेको भीटी–डीबीएल लियरजेट ४५ विमान स्थानीय समयअनुसार साँझ ६ः४७ बजे धावनमार्गमा चिप्लिएर दुर्घटनाग्रस्त भएको थियो ।”

नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले अनुमति दिएपछि रनवे सञ्चालनका लागि खुला गरिएको थियो । विमानस्थलमा भिजिबिलिटी ७०० मिटर रहेको बताइएको छ । सिन्ह्वा

GBIME

प्रतिक्रिया दिनुहोस्