काठमाडाैं । काठमाडौंमा आयोजित नाडा अटो शोमा रोयल इनफिल्डको ‘हन्टर–३५०’ मोटरसाइकल सार्वजनिक भएको छ।
यो मोटरसाइकल सन् २०२२ मा नेपालमा पहिलोपटक सार्वजनिक भएको थियो। पहिलो वर्ष नै यो मोटरसाइकल चर्चित बनेको थियो। रोयल इनफिल्डका प्रमुख कमर्सियल अफिसर यादभिन्दर सिंह गुलेरियाले भने, ‘नेपालमा सार्वजनिक भएसँगै यो मोटरसाइकलले नयाँ ग्राहक र बजार विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको उनले बताए।
उक्त कम्पनीले नेपालमा तीन महिनाअघि कारखाना खोलेको छ। वीरगञ्जमा सञ्चालनमा रहेको कारखाना पाँचौं हो। यसअघि कम्पनीले अर्जेन्टिना, ब्राजिल, कोलम्बिया र थाइल्यान्डमा कारखाना खोलिसकेको छ। अहिले वीरगन्जको कारखानाबाट क्लासिक–३५०, हन्टर–२५० र स्क्रयाम–४११ मोडलका मोटरसाइकल एसेम्बल गरिँदै आएको छ।
प्रतिक्रिया दिनुहोस्