काठमाडाैं । ओम्दियाबाट प्रमाणित विश्वको नम्बर १ एन्ड्रोइड टिभी ब्राण्ड टिसिएलले यो दशैं, तिहार तथा छठलाई लक्षित गरेर ‘उत्सव मनाउन’ योजना सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत ग्राहकहरुले टिसिएलका होम इन्टरटेनमेन्ट र होम एप्लायन्सका उत्पादनहरु खरिद गर्दा आकर्षक नगद छुट वा निश्चित उपहारहरु प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । ग्राहकहरुले यो योजनाको लाभ भदाै २६ गतेदेखि नेपालभर सीमित अवधिका लागि पाउन सक्ने कम्पनीले जनाएकाे छ ।
ग्राहकहरुले ‘उत्सव मनाउन’ योजनाअन्तर्गत टिसिएलको कुनै पनि टेलिभिजनको खरिदमा ४४ हजार ७ सय रूपैयाँसम्मको आकर्षक छुट पाउन सक्नेछन्। त्यस्तै वासिङ मेसिन खरिदमा १४ हजार ४ सय रूपैयाँसम्मको छुटका साथै ६ केजीको एरियल मेटिक पाउडर उपहार पनि पाउन सक्नेछन ।
यसका साथै ग्राहकहरुले टिसिएल को सम्पूर्ण क्याटागोरीको एयर कन्डिसनरको खरिदमा ५६ हजार ८ सय रूपैयाँसम्मको आकर्षक क्यासब्याक प्राप्त गर्नुका साथै ४ हजार रूपैयाँबराबरको निःशुल्क एसि जडान सुबिधा पनि पाउन सक्नेछन्र। ग्राहकहरुले टिसिएलको साइड बाइ साइड रेफ्रिजरेटरको खरिदमा ३१ हजार ८ सय रूपैयाँसम्मको आकर्षक क्यासब्याक पाउनुका साथै सीजी इन्डक्सन चुलो सित्तैमा प्राप्त गर्ने सक्नेछन। साथै, कम्पनीले समान खरिद गर्ने ग्राहकका लागि फ्री डेलिभरी, फ्री इन्स्टलेसन सुबिधा पनि प्रदान गरेको छ।
त्यसैगरी शून्य प्रतिशतमा फाइनान्स सुबिधा, पुराना भएका सामान फेरबदल गरी नयाँ सामान लान चाहने ग्राहकका लागि एक्सचेन्ज अफर सुबिधा र चाडपर्वको अवसरमा सामान खरिद गर्ने ग्राहकहरुले ूसीजी लोयल्टी क्लबूको रिवार्ड प्रोग्राम अन्तर्गत लोयल्टी सदस्यहरुले ललितपुर स्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउनु सक्ने कम्पनीले जनाएकाे छ । यी सुबिधाका लागि ग्राहकहरुले www.cgelex.com मा गएर आफ्नो विवरण दर्ता गर्न सक्नेछन्।
प्रतिक्रिया दिनुहोस्