Shikhar Insurance
National Life

आइसर गाडी १० टन भारसहित सजिलै २७ प्रतिशत उकालोमा

सिंहदरबार संवाददाता
२०८० भाद्र २८, बिहीबार १७:१२
Hyundai
NCELL
NIMB

काठमाडौं। आइसर ३०१५ जे एचएसडी ग्राहक भेटघाट कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको छ । उक्त भेलामा ५० जनाभन्दा बढी ग्राहकको सहभागिता रहेको कम्पनीले जनाएको छ । जहाँ सहभागीहरूले आइसर मोडेलका आकर्षक फिचर र सकारात्मक पक्षहरूबारे उत्सुकतापूर्वक जानकारी लिएका थिए ।

भेलाका सहभागीहरूले गाडीको शक्तिशाली इन्जिन, माइलेज र उच्चस्तरीय सुरक्षा सुविधाजस्ता प्रभावकारी फिचरहरूका बारेमा जान्न पाएको कम्पनीको भनाइ छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

“नेपालगन्जका हाम्रा ग्राहकहरूको सकारात्मक प्रतिक्रियाबाट हामी साँच्चै खुसी छौं। सहभागीहरूको उत्साहजनक सहभागिताले आइसरका उत्पादनप्रतिको विश्वास झल्काउँछ । प्रिमियम नेक्स्ट जेनेरेसन लेबल उत्पादन रहेको आइसर बाट तुलात्मक रूपमा ५–८ प्रतिशत अतिरिक्त माइलेज पाउन सकिन्छ । साथसाथै २७ प्रतिशत उकालोमा सजिलै आइसर मोडेलको गाडीले १०.३ टन भार बहन गर्न सक्छ’, बतास एम ए डब्लूका प्रडक्ट म्यानेजर ठाकुरकुमार गाहले बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्