काठमाडौं । संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टिका गरिएको छ । बिहीबार पशुपति आर्यघाटमा स्वर्गीय नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्व. नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । स्व. नेम्वाङको पार्थिव शरीरमा एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टीको झण्डा ओढाएका थिए ।
स्व. नेम्वाङलाई प्रधानमन्त्री प्रचण्ड, अध्यक्ष ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, मन्त्रीहरुलगायतका नेता कार्याकर्ताहरुले अन्तिम श्रद्धाञ्जली दिएका थिए भने नेपाली सेनाको एक टुकडीले १७ तोपको सलामी अर्पण गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्