काठमाडौं । नेपालमा इन्डोएसियन उत्पादनको आधिकारिक वितरक हिम इलेकट्रोनिक्सले काठमाडौंमा इन्डो एसियन मिट २०२३ सफलतापूर्वक सम्पन्न गरेको छ । यस अवसरमा कम्पनीले आफ्नो नयाँ सिरिजको वायरिङ एक्सेसरिज (मोडुलर स्विच) – साइनोरा नेपाली बजारमा ल्याएको छ ।
गोल्छा ग्रुपसँग आबद्ध भई नेपाली बजारमा इन्डोएसियनको उपस्थिति दुई दशकभन्दा बढी भइसकेको छ । यसका उत्पादनहरू मुख्यतया एमसीबी र डिस्ट्रब्युसन बोर्ड तथा अन्य इलेकट्रिकल कम्पोनेन्टहरू छन्, जसले नेपाली बजारमा उनीहरूको विश्वसनीयता र स्थायित्व प्रमाणित गरेको छ ।
प्रभाकरशमशेर थापा (उपाध्यक्ष–गोल्छा ग्रुप) र विपिन गुप्ता (जोनल हेड, इन्टरनेशनल मार्केटिङ–इन्डोएसियन) ले संयुक्त रूपमा इन्डो एसियन स्टाइलिस मोदुलर स्विचको नयाँ सिरिज,साइनोराको अनावरण गरे।
प्रतिक्रिया दिनुहोस्