काठमाडौं । सीजी ब्राण्डले आफ्ना ग्राहकहरूलाई चाडबाडमा खुसी पार्न “सीजीले घर सजाऔं, खुसीले चाड मनाऔं” भन्ने चाडपर्व प्रवर्द्धन योजना सुरु गरेको छ । नेपालको सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स तथा होम अप्लाइन्सेज ब्राण्ड सीजीले दशैं र तिहारको अवसरमा चाडपर्व योजना ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले कुनै पनि सीजी ब्रान्डका उत्पादनहरू खरिद गर्दा क्यासब्याक र आकर्षक पक्का उपहारहरू प्राप्त गर्ने छन् । ग्राहकहरुले ५६ हजार ४ सय रुपैयाँसम्म बचत गर्ने अवसर प्राप्त गर्ने छन् । सीमित समयका लागि दिइएको यस योजना भदौ २५ गते सोमबारदेखि नेपाल अधिराज्यभरी लागू गरिएको छ ।
यस योजनाका अन्य आकर्षणहरूमा मेगा एक्सचेन्ज अफर, शून्य प्रतिशत नो कष्ट ईएमआई सुविधा, सीजी लोयल्टी क्लब रिवार्ड प्रोग्रामअन्तर्गत लोयल्टी सदस्यले ललितपुरस्थित होटल विभान्तामा २५ प्रतिशतसम्म छुट पाउनु सक्ने कम्पनीले जनाएको छ । यो योजनाका आकर्षणहरु र थप जानकारीका लागि क्यू आर कोड स्क्यान गरी हेर्न सकिने जनाएको छ । यो योजनामा उल्लेखित अफरहरु तोकिएको अवधिभित्र नेपालभरका सबै सीजी ब्रान्डका आधिकारिक डिलरहरुबाट सजिलै प्राप्त गर्न सकिनेछ ।
यो योजना सीजी ब्रान्डका सबै इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरू जस्तै टिभी, रेफ्रिजरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन, डिसवासर, एयर कन्डिसन, भ्याकुम क्लिनर र स्पिकरहरूमा उपलब्ध छन् । सीजी ब्रान्डले देशैभर रहेका आफ्नो बलियो बिक्री संजालमार्फत आफ्ना उपभोक्ताहरुलाई सेवा सुविधाहरु दिँदै आएको छ । गुणस्तरीय उत्पादन र सेवाहरू प्रदान गर्दै, सीजी ब्रान्डले विगत लामो समयदेखि नेपाली जनताको जीवनलाई सहज बनाउँदै आएको छ ।
हाल, सीजी ब्रान्डका नेपालभर आफ्नै शोरुमहरूमार्फत उत्कृष्ट उत्पादन र सेवा दिँदै आएको छ । सीजी मेरिडिया, इलेक्ट्रोनिक्स र घरेलु उपकरणहरूको प्रिमियम ब्राण्ड हो, जुन सीजी ब्राण्डको पोर्टफोलियोमा सबैभन्दा नयाँ थपिएको सब–ब्रान्ड हो । सीजी मेरिडियाको अति परिष्कृत डिजाइन र प्राविधिक उत्कृष्टताले गर्दा विश्वका उत्कृष्ट ब्राण्डहरूसँग दाँज्न मिल्छ । यस प्रिमियम सेगमेन्टको सुरुवातसँगै सीजी ब्राण्ड, उत्कृष्ट ब्राण्ड खोज्ने नेपाली ग्राहकहरूलाई थप छनौटको अवसर मिलेको छ ।
प्रतिक्रिया दिनुहोस्