काठमाडौं । एभरेष्ट बैंकले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल २०.५३ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।
बैंकको भदौ २७ गते बसेको संचालक समितिको ३५७ औं बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
बैंकले हाल कायम चुक्ता पूँजी १० अर्ब ६९ करोड ८० लाख ९४ हजार ४३६ रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर सहित १०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरी कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भए पश्चात मात्र सेयरधनीहरुलाई वितरण गरीनेछ ।
प्रतिक्रिया दिनुहोस्