Shikhar Insurance
National Life

सिभिल क्यापिटलको विशेष साधारणसभाले हिमालयनमा बिलय हुन दियो स्वीकृति

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार १७:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । सिभिल क्यापिटल मार्केट लिमिटेडको बुधबार सम्पन्न विशेष साधारणसभाले हिमालयन क्यापिटलमा बिलय हुन स्वीकृति प्रदान गरेको छ । सञ्चालक समितिका अध्यक्ष भोलाबहादुर बिष्टको अध्यक्षतामा काठमाडौंमा आज बुधबार सम्पन्न भएको विशेष साधारणसभाले हिमालयन क्यापिटल लिमिटेडसँग प्राप्तिमा जान स्वीकृति दिएको हो ।

उक्त सभाले सिभिल क्यापिटल मार्केट लिमिटेडलाई हिमालयन क्यापिटल लिमिटेडले गाभ्ने÷प्राप्ति गर्ने र सञ्चालक समितिबाट अनुमोदन सेयर आदान प्रदान अनुपात १००ः३१ को आधारमा हिमालयन क्यापिटल लिमिटेडले सिभिल क्यापिटल मार्केट लिमिटेडलाइ प्राप्ति गर्ने लगायतका सबै प्रस्तावहरु पारित गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विशेष साधारणसभा सफलतापूर्वक सम्पन्न गर्न सक्रिय भूमिका निर्वाह गर्ने सेयरधनीहरु प्रति क्यापिटलले धन्यवाद व्यक्त गरेको छ । साथै कम्पनीको प्रगतिका लागि प्रत्यक्ष वा परोक्षरुपले सल्लाह, सहयोग, मार्गदर्शन गर्ने तथा योगदान दिने सम्बद्ध सबैप्रति कृतज्ञता प्रकट गरेको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्