Shikhar Insurance
National Life

पछिल्लो तीन सातापछि २००० विन्दुमाथि उक्लियो नेप्से

सिंहदरबार संवाददाता
२०८० भाद्र २७, बुधबार १५:२१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्लो ३ सातापछि २००० विन्दु माथि उक्लिएको छ। गत भदौ ७ गते २०१३.९३ विन्दुमा बन्द भएको नेप्से, त्यसपछि निरन्तर २००० विन्दुभन्दा तल बन्द भइरहेको थियो। भदौ ७ गतेपश्चात अर्थात ३ सातापछि नेप्सेले पहिलो पटक आज २००० को विन्दु पार गरेको हो।

बुधबार नेप्से परिसूचक ३९.४८ अंक बढेर २००७.०६ विन्दुमा बन्द भएको छ। त्यसैगरी, यस दिन सेन्सेटिभ इण्डेक्स ७.६६ अंक बढेको छ भने फ्लोट इण्डेक्स २.७४ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.५६ अंक बढेको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ। अघिल्लो कारोबार दिन १ अर्ब १३ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस दिन २७५ कम्पनीको ३६ हजार ४५ पटकको कारोबारमा १ अर्ब ४९ करोड ५५ लाख रुपैयाँ बराबरको ५१ लाख ४४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ। कारोबारमा आएको १९३ कम्पनीको सेयर मूल्य बढेको छ । २९ कम्पनीको घटेको छ भने, ३ कम्पनीको सेयर मुल्य स्थिर छ ।

नेप्सेका अनुसार बरुण हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, शुभम् पावरको ९.९९ प्रतिशत, समता घरेलु लघुवित्तको ९.८६ प्रतिशत र अरुण काबेली पावरको सेयर मुल्य ९.०३ प्रतिशतले बढेको छ।कारोबारमा आएको थ्रीस्टार हाइड्रोपावरको मूल्य भने सर्वाधिक ८ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक शीर्ष स्थानमा रहेको छ। बैंकको ७ करोड ९३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ। त्यस्तै, सोल्टी होटलको ६ करोड ७० लाख, एभरेष्ट बैंकको ६ करोड ३८ लाख, शिवम् सिमेन्टको ५ करोड ७२ लाख र आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ। जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सर्वाधिक ३.६२ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन वित्त उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ भने विकास बैंक, होटल तथा पर्यटन, जीवन बीमा, उत्पादन तथा प्रशोधन, निर्जीवन बीमा, अन्य र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी बढेको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्