Shikhar Insurance
National Life

एभरेष्ट बैंकका ग्राहकलाई ओम अस्पतालमा उपचार गराउँदा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० भाद्र २६, मंगलवार १७:२२
Hyundai
NCELL
NIMB

काठमाडौं । एभरेष्ट बैंक र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। यो सँगै बैंकका सम्पूर्ण ग्राहकहरुले उक्त अस्पतालको विभिन्न सेवामा १० प्रतिशत सम्मको आकर्षक छुट पाउने छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत यमबहादुर महतद्वारा हस्ताक्षरित उक्त सम्झौता लागू भए सँगै बैंकका सम्पूर्ण ग्राहकहरु, कार्ड प्रयोगकर्ताहरु साथै कर्मचारीहरु तथा तिनका पारिवारिक सदस्यहरुले उक्त अस्पतालबाट आइपीडी, फर्मेसी र फिजियो थेरापीमा १० प्रतिशतसम्म र दन्त सेवामा ५ प्रतिशतसम्मको विशेष छुटको लाभ लिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो समारोहमा बैंकका बजार तथा संस्थागत निक्षेप विभाग प्रमुख पुष्पराज उप्रेती, बजार अधिकृत एलिना कार्की तथा अस्पतालका तर्फबाट व्यापार प्रवर्द्धन प्रबन्धक विनोद अधिकारीको समेत उपस्थिति थियो ।

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्