Shikhar Insurance
National Life

तीजमा गरिमा बैंकले ल्यायो टिकटक प्रतियाेगिता, प्रथम हुनेलाई ३० हजार नगद पुरस्कार

सिंहदरबार संवाददाता
२०८० भाद्र २६, मंगलवार १३:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । गरिमा विकास बैंकले नेपाली हरितालिका तीजलाई लक्षित गरी तीज विशेष गीत सार्वजनिक गरेको छ । करिब ३ मिनेट लामो उक्त गीतमा चर्चित लोकगीत गायक एवं संगीतकार घनश्याम रिजालको शब्द र गायिका समीक्षा अधिकारीको स्वर रहेको छ । बैंकको आधिकारिक युटुब च्यानल र टिकटकबाट उक्त गीत हेर्न र सुन्न सकिनेछ ।

हरितालिका तीजलाई विशेष बनाउन बैंकले तीज विशेष टिकटक प्रतियोगिता ‘गरिमा तीज’ पनि सार्वजनिक गरेको छ। यस विकास बैंकले जारी गरेको तीज विशेष गीतमा टिकटक भिडियो बनाउने मध्ये सबैभन्दा धेरै लाइक आउने उत्कृष्ट १० भिडियोमध्ये प्रथमलाई ३० हजार, द्वितीयलाई २० हजार, तृतीयलाई १० हजार रूपैयाँ र बाँकी ७ वटा भिडियोलाई जनही ५ हजार रूपैयाँ सान्त्वना पुरस्कार राशि प्रदान गरिने छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यस टिकटक प्रतियोगितामा भाग लिने प्रतियोगीहरूले भिडियो बनाउँदा यस विकास बैंकले तोकेको सम्पूर्ण नियम तथा सर्तहरूको पूर्ण पालना गर्नुपर्ने हुन्छ ।

 

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्