Shikhar Insurance
National Life

सुजुकी ’पर्वोत्सव’ ग्राहक योजनामा नाडा अटो शोमा गाडी किन्दा १ लाख छुट

सिंहदरबार संवाददाता
२०८० भाद्र २६, मंगलवार १२:३७
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्ज्को अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दशैं–तिहारभरीका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको थियो ।

यो योजनाअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बिमा र एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस पाउन सकिने कम्पनीले जनाएको छ । कम्पनीले नाडा अटो शो लक्षित गरी, शो कार्यक्रमभरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्डमार्फत थप एक लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक–फरक हिसाबका छुटहरु लागू हुनेछन । नाडा अटो शोमा सुजुकीका नयाँ एसयुभीहरु जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका अरु एसयुभी ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ।
यो योजना सीमित अवधिका लागि मात्र जारी गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्