Shikhar Insurance
National Life

लर्ड बुद्ध फाउन्डेसनले मनायो २५ औं रजत जयन्ती

सिंहदरबार संवाददाता
२०८० भाद्र २५, सोमबार १७:५२
Hyundai
NCELL
NIMB

काठमाडौं । लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले २५ औं रजत जयन्ती मनाएको छ । २५ वर्ष अगाडि सूचना प्रविधिको क्षेत्र लक्षित छुट्टै कलेज स्थापना गरेको फाउन्डेसनले प्राविधिक शिक्षाको दीर्घकालीन सोच बनाएको थियो । आईटीमा स्नातोकोत्तर सम्म अध्ययन हुने फाउन्डेशनबाट अहिलेसम्म १२ हजारभन्दा बढी विद्यार्थी दीक्षित भइसकेका छन् । फाउन्डेसनले स्थापना कालदेखि नै सबैका लागि शिक्षा नीति अंगिकार गर्दै आएको छ ।

लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले विगतमा १० हजार महिलालाई निःशुल्क कम्प्युटर तालिम र अहिले सातै प्रदेशमा एक÷एक जना किशोरीलाई प्रत्येक वर्ष निःशुल्क शिक्षा उपलब्ध गराउँदै आएको छ । भरपर्दो र गुणस्तरीय प्राविधिक शिक्षाको मागलाई मध्यनजर गरेर फाउन्डेशनले स्नातक र स्नातोकोत्तर तहमा प्राविधिक विषयलाई परिष्कृतसमेत गर्दै लगेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रजत जयन्तीका अवसरमा फाउन्डेसनमा २ दशकदेखि संलग्न रहँदै आएका ९ जनालाई उपराष्ट्रपति रामशहाय प्रसाद यादवले सम्मान गरका छन् । रजयत जयन्तीका अवसरमा उपराष्ट्रपति यादवले सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य योगदान गरेको भन्दै फाउन्डेसनको प्रसंशा गरे ।

उनले भने, ‘मुलुक डिजिटल युगमा प्रवेश गरिसकेको छ र हाम्रो भविश्य सूचना प्रविधिको विकासस“ग जोडिएको छ । पछिल्लो २ दशकमा सूचना प्रविधिको क्षेत्रमा उल्लेख्य प्रगति हासिल पनि भएका छन । नेपालको पहिलो आईटी कलेज भएकाले पनि सूचना प्रविधिको विकासमा निजी क्षेत्रको तर्फबाट लर्ड बुद्ध एजुकेसन फाण्डेसनले खेलेको भूमिका अतुलनीय छ ।’

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीले लर्ड बुद्ध एजुकेसन फाउन्डेसनले शिक्षामार्फत महिला सशक्तीकरणमा पनि महत्वपूर्ण योगदान गरेको बताए । फाउण्डेसनका अध्यक्ष पंकज जालानले पढ्दै पढाउ“दै भन्ने सरकारको नीतिलाई व्यावहारिक कार्यन्वयन गर्न सफल भएको बताए । नेपालमा दक्ष जनशक्ति उत्पादन गरेर युवाहरुलाई विदेशिनबाट रोक्ने आफ्नो उद्देश्य रहेको उनको भनाइ छ ।

रजत जयन्तीका अवसरमा विभिन्न क्षेत्रका व्यक्तित्वहरुले शुभकामना दिनुभएको थियो । फाउण्डेशनको रजत जयन्तीका अवसरमा मलेसियाको एसिया प्यासिफक विश्वविद्यालयका प्रमुख दतुक परमजीत सिंहले पनि सफलताको शुभकामना दिएका थिए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्