Shikhar Insurance
National Life

तीजमा टेलिकमले ल्यायो टिकटक च्यालेन्ज, प्रथम हुनेलाई ४० हजार नगद पुरस्कार

सिंहदरबार संवाददाता
२०८० भाद्र २५, सोमबार १५:४६
Hyundai
NCELL
NIMB

काठमाडाैं । नेपाल टेलिकमले ‘नेपाल टेलिकम तीजको लहर टिकटक च्यालेन्ज’ सञ्चालन गरेको छ । नेपाल टेलिकमको आधिकारिक टिकटक एकाउन्टमार्फत उक्त च्यालेन्जमा सहभागी हुन सकिने छ ।

नेपाल टेलिकमको तीजको लहर गीतमा टिकटक बनाई यसमा सहभागी हुन सकिने छ । सो च्यालेन्ज
भदाै २४ गतेदेखि सुरू भएको छ र आगामी असोज ७ गतेसम्म सहभागी हुन सकिने कम्पनीले जनाएकाे छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

विजेताहरुलाई नगद र अन्य पुरस्कारको व्यवस्था गरिएको छ । यस अनुसार सो च्यालेन्जमा पहिलो हुने विजेताले ४० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगद पुरस्कार पाउने छन् । त्यसैगरी सान्त्वना पुरस्कारको रुपमा १० जना सहभागीलाई ५ सय रूपैयाँको टप अप प्रदान गरिने छ ।

नेपाली महिलाहरुको महान चाड तीजलाई रमणीय बनाई नेपाल टेलिकमसँग जोडिनसमेत प्रेरित गर्ने उद्देश्यले टिकटक च्यालेन्ज सञ्चालन गरिएको हो । यसबाट तीज पर्व थप मनोरञ्जक बन्ने कम्पनीको अपेक्षा छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्