Shikhar Insurance
National Life

नाडा अटो शाेमा गाडी खरिद गर्दा ८ लाखसम्म छुट

सिंहदरबार संवाददाता
२०८० भाद्र २४, आईतवार १७:५२
Hyundai
NCELL
NIMB

काठमाडाैं। निसान गाडीको आधिकारिक वितरक कम्पनी पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ ड्राइभ’ को विशेष छुटको योजना ल्याएको छ। यो योजना निसानका सबै गाडीहरू(निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ र निसान एक्स–ट्रायलमा लागू हुनेछ।

पायोनियर मोटो कर्पका प्रबन्ध निर्देशक सन्दीपकुमार सारडाका अनुसार भदौ २६ देखि ३१ गतेसम्म सञ्चालन हुने १५औं नाडा अटो सो २०२३ तथा सँगै आउने चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो।

Citizen Life
Kumar Bank
Prabhu Insurance

यो योजना नाडा अटो सो सकिएपछि पनि चाडपर्वको अवधिभरी लागू हुने कम्पनीको भनाइ छ। निसान फेस्टिभ ड्राइभ योजनाअन्तर्गत ग्राहकहरूले ‘नाडा अटो शाे’मा निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनेछन्।

निःशुल्क गाडी व्यापक बिमा (इन्स्योरेन्स), निःशुल्क ३ वर्षको सडक कर(रोड ट्याक्स), निःशुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी र १३ लाखसम्म बचत हुने फाइदाबाट ग्राहकहरू लाभान्वित हुन सक्नेछन्।

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्