काठमाडौं । एमजी गाडीका लागि नेपालको आधिकारिक वितरक पारामाउन्ट मोटर्सले नेपाली बजारमा एमजीका दुई विद्युतीय सवारी कमेट र एमजी ४ इभी भित्र्याएको छ । ती दुवै गाडी पारामाउन्ट मोटर्सले आइतबार सार्वजनिक गरेको छ । नेपाली बजारमा बढ्दो इभी भीडमा यी दुई मोडेल नयाँ नाम भित्र्याउन पाउँदा उत्साहित भएको पारामाउन्ट मोटर्सका जनरल म्यानेजर सचिन अर्यालले बताए ।
भारतमा बनेको एमजी कमेट इभीले सिंगल चार्जमा २३० किलोमिटरको रेन्ज दिन्छ । यसमा १७३ किलोआवर को ब्याट्री र ३१.२६ किलोवाट क्षेमताको मोटर रहेको छ । एमजी कोमेटमा यात्रु सुरक्षाका लागि आइपी६७ रेटेड ब्याट्री डुअल फ्रन्ट एयर ब्याग, पछाडिपट्टि पार्किङ सेन्सर र सबै यात्रुका लागि सिट बेल्ट छन्।
सुविधा र सहजताका लागि कोमेटमा एलसिडी स्क्रिन, रिमोट सेन्ट्रल लकिङ, म्यानुअल एसी र हिटरजस्ता सुविधा छन् । एमजी कोमेटको सुरुवाती मूल्य १७ लाख ९९ रुपैयाँ छ भने एमजी कसेट इभी प्ले र पेस गरी दुई भेरिएन्टमा उपलब्ध छ ।
कमेट इभीको हाइ भोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म ३ वर्षको र हाइ भोल्टेज ब्याट्रीमा १ लाख २० हजार किलोमिटरसम्म ८ वर्षको वारेन्टी दिइएको छ। एमजी ४ ले युरोपमा पनि सेफ्टीका लागि फाइभ स्टार रेटिङ पाएको छ । कम्फर्ट र लक्जरी गरी दुई भेरिएन्टमा उपलब्ध एमजी कम्फर्टको ब्याट्री क्षमता ५१ किलोवाट आवर छ र यसमा ९९ किलोवाट मोटर छ।
त्यस्तै एमजी लक्जरीको ब्याट्री क्षमता ६४ किलोवाट आवर छ भने १ सय ५० किलोवाटको मोटर छ। एमजी ४ इभीको मुख्य आकर्षण भनेको इन्डिभिजुअल सस्पेन्सन र रियर ह्विल ड्राइभ हो जुन यही मूल्यमा नेपाली बजारमा उपलब्ध अन्य इभी सेग्मेन्टमा पहिलो फिचर हो।
एमजी ४ ले सिंगल चार्जमा ४ सय ३५ किलोमिटरसम्म रेन्ज दिन सक्छ। राम्रो ह्यान्डलिङ र ट्र्याक्सनका लागि यसमा रियर ह्विल लेआउट छ। त्यस्तै यात्रु सुरक्षाका लागि रियर आइसोफिक्स, फ्रन्ट साइड एयर ब्याग, टायर प्रेसर मनिटरिङ सिस्टम, सिट बेल्ट रिमाइन्डरजस्ता फिचर छन् भने सुविधा र सहजताका लागि मोबाइल फोन ब्लुटुथ की, पाँच ड्राइभिङ मोडजस्ता फिचर छन् ।
त्यस्तै हाइभोल्टेज ब्याट्रीमा १ लाख ५० हजार किलोमिटरसम्म आठ वर्षको वारेन्टी दिइएको छ भने हाइभोल्टेज कम्पोनेन्टमा १ लाख किलोमिटरसम्म तीन वर्षको वारेन्टी दिइएको छ। त्यस्तै एमजी ४ कम्फर्टको सुरुवाती मूल्य ४१ लाख ४९ हजार छ भने एमजी लक्जरीको सुरुवाती मूल्य ५८ लाख ९९ हजा छ ।
एमजीका यी दुवै इभीमा टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, रिभर्सिङ क्यामेरा र आवश्यक सेफ्टी फिचर छन् । यी दुवैमा एमजीले आफ्टर सेल्स सर्भिस र एक वर्षको वारेन्टी दिएको छ।
प्रतिक्रिया दिनुहोस्