Shikhar Insurance
National Life

१० अंकले बढ्यो नेप्से, हिमाल दोलखा हाइड्रोको सेयर सर्वाधिक साढे ८ करोडमाथि कारोबार

सिंहदरबार संवाददाता
२०८० भाद्र २४, आईतवार १५:२५
Hyundai
NCELL
NIMB

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार बढेर बन्द भएको छ । आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.२३ अंक बढेर १,९४२.६८ को विन्दुमा बन्द भएको हो । त्यसैगरी, ठूला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.३२ अंक बढेर ३७३.९० को विन्दमा बन्द भएको छ ।

दिनभरीमा २७६ कम्पनीको ४३ लाख १४ हजार ४१७ कित्ता सेयर १ अर्ब ७ करोड २२ लाख रुपैयाँमा खरिदबिक्री भए । कारोबारमा आएको १५२ कम्पनीको सेयर मुल्य बढेको छ । ६६ कम्पनीको सेयर मूल्य घटेको छ भने, ९ कम्पनीको सेयर मूल्य स्थिर छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

नेप्सेका अनुसार सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, शुभम् पावरको ९.९९ प्रतिशत, न्यादी हाइड्रोपावरको ९. ९८ प्रतिशत, मेन्छियम हाइड्रोपावरको ९.९६ प्रतिशत र थ्रिस्टार हाइड्रोपावर कम्पनीको ८.४२ प्रतिशत सेयर मूल्य बढेको छ । कारोबारमा आएको हिमाल दोलखा हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ७.८१ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा हिमाल दोलखा हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा छ । कम्पनीको ८ करोड ५६ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । त्यस्तै, माच्छापुच्छ्रे बैंकको ४ करोड २५ लाख, शिवम् सिमेन्टको ४ करोड ४ लाख, आइएमई लाइफ इन्स्योरेन्सको ३ करोड ९३ लाख र सोल्टी होटलको ३ करोड ४७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भई शीर्ष पाँच भित्र रहेको छ ।

१३ उपसमूहमध्ये यस दिन एक उपसमूहको परिसूचक घटेको छ भने बाँकी १२ उपसमूहको परिसूचक बढेको छ। यस दिन वित्त, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ। कारोबारमा आएको जलविद्युत उपसमूहको परिसूचक यस दिन ०.१४ प्रतिशत घटेको हो।

 

 

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्