Shikhar Insurance
National Life

राष्ट्रिय वाणिज्य बैंकको २८२औं शाखा वालिङमा

सिंहदरबार संवाददाता
२०८० भाद्र २४, आईतवार १५:०९
Hyundai
NCELL
NIMB

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले स्याङ्जाको वालिङ नगरपालिका-८ मा नयाँ शाखा कार्यालय उद्घाटन गरेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले आइतबार विधिवत रूपमा उक्त शाखाको उद्घाटन गरेका हुन् ।

यसपश्चात बैंकको देशभर शाखा संख्या २ सय ८२ वटा पुगेको छ। उक्त अवसरमा मन्त्री गुरुङले सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले शाखा विस्तार गरेकोमा खुसी लागेको बताउँदै नगरको समग्र विकासमा बैंकको महत्वपूर्ण भूमिका हुने बताए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले व्यवसायीहरुलाई आफ्नो आर्थिक कारोबार बैंकसँग जोडिएर गर्न आग्रह गरे । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले रावा बैंकको कर्जाको ब्याजदर तुलनात्मक रूपमा कम भएको र निक्षेपमा आकर्षक ब्याजदर भएकाले व्यवसायीहरुलाई निर्धक्कसँग बैंकिङ कारोबार गर्न आग्रह गरे ।

गण्डकी प्रदेशका प्रादेशिक प्रबन्धक प्रमोद अधिकारीको सभापितत्वमा सम्पन्न भएको कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख कृष्ण खाँड, वालिङ नगरका विभिन्न वडाका वडा अध्यक्षहरु, राजनीतिक दलका स्थानीय प्रतिनिधिहरु, समाजसेवीहरु, उद्योगी व्यवसायीहरु, नेपाली सेना, नेपाल प्रहरी, अन्य स्थानीय संघसस्थाका प्रतिनिधिहरु, बैंकका उपकार्यकारी अधिकृत पवन रेग्मी, विभागीय प्रमुख आनन्द सुवेदी, बागमती प्रदेशका प्रादेशिक प्रबन्धक ध्रुव अर्याल, शाखा प्रबन्धकहरु, कर्मचारीहरु लगायत सर्वसाधारणहरुको उपस्थिति रहेको थियो ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्