Shikhar Insurance
National Life

सिप्रदी अटोपार्टसकाे रिटेलर्स मीट तथा टाटा गुरु सम्मान कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०८० भाद्र २४, आईतवार १४:५३
Hyundai
NCELL
NIMB

काठमाडौं । टाटा मोटसको नेपाली आधिकारिक वितरक सिप्रदी अटो पार्टस् प्राइभेट लिमिटेडले काठमाडौं उपत्यका भित्रका रिटेलर्स मीट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ । सिप्रदी कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको विशेष उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

टाटा लाई टाटा नै सही भन्ने मूल मन्त्र मान्दै सञ्चालन गरिएको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै सिप्रदीका सीईओ राजनबाबु श्रेष्ठले सबैको साथ पाएर मात्र टाटा नेपालमा अटोमोबाइलको क्षेत्रमा नम्बर एक रहेकोले सिप्रदीले पनि सबै रिटेलर्स, मेकानिक्स र ग्रहकलाइ साथमा लिएर अगाडी बढने गरको बताए । सिप्रदीले प्राविधिकहरुलाई आधुनिक प्रबिधिहरुको तालिम गराई रहेको जानकरी गराउदै हालसालै तीन दिन तालिम लिएका पच्चीस जनता प्राविधिकहरुलाई प्रमाणपत्र वितरण गरी सम्मानित समेत गरेका थिए ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

कार्यक्रममा खुद्रा बिक्रेताहरुको वित्तीय व्यवस्थापनको लागी सिप्रदीले नबिल बैंक संग समझौता गरको, नयाँ प्रविधिसंग अभ्यास हुन डायनामिक टेक्नोसफ्ट संग समझौता गरी ईआरपी सफ्टवेयर प्रदान गर्न लागेको जानकारी समेत श्रेष्ठले गराएका थिए ।

श्रेष्ठले ग्राहकलाइ टाटा जेन्युइन पार्टस् र टाटा मोटर्स जेन्युइन आयल सहज, सुलभ र सहुलियत रुपमा उपलब्ध होस भनी सिप्रदीले अनलाइन स्टोर दराज संग समझौता गरि दराज मा उपलब्ध गराएको जानकारी समेत गराए ।
कार्यक्रममा रिटेलर्स र टाटा गुरुहरुलाई बिभिन्न उपहारहरु प्रदान गरिएको थियो ।

टाटा वफादारी कार्यक्रम अन्तर्गत टाटा गुरु दिपक महर्जन ले डियो स्कुटर उपहार प्राप्त गरे भने आईफोन १४ प्रो २ जनाले, एलईडी टेलिभिजन २ जनाले लगायत अन्य धेरैले उपहार प्राप्त गरेका थिए । कार्यक्रम लाई सम्बोधन गर्दै टाटा मोटर्स अन्तरराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलले आधुनिक प्रबिधिलाइ आत्मसाथ गर्नु पर्ने बताए । साथै सम्पूर्ण उपहार बिजेताहरुलाई बधाई दिदै टाटा मोटर्स आफ्ना ग्राहकको साथ रहने बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्