काठमाडौं । लिट्मस केबल्सले अत्याधुनिक जर्मन प्रविधिद्वारा नेपालमै उत्पादन गरिएको इकोवायर–एडएच सार्वजनिक तथा विक्री वितरणको घोषणा गरेको छ । ह्यालोजनमुक्त इकोवायर–एडएच नेपालको विद्युतीय उद्योगमा एक महत्वपूर्ण कोसेढुंगाको रूपमा रहने कम्पनीले जनाएकाे छ ।
साथै यसले ग्राहकवर्गमा अझ बढी र उच्च कोटीको सुरक्षाको अनुमति दिनेमा कम्पनीले विश्वास लिएको छ । विद्यालय, अस्पताल, मल, सिनेमा हल, मनोरञ्जनात्मक स्थल वा कार्यालय, जहाँ पनि अत्याधिक रूपमा बिजुलीका तारहरु प्रयोग गरेको हुन्छ । नवीनतम प्रविधियुक्त यो प्रविधिले आगलागीका जोखिमलाई कम गर्नुका साथै जीवन तथा धनमालको सुरक्षामा महत्वपूर्ण योगदान पुर्याउने कम्पनीले जनाएकाे छ ।
लिट्मस इन्डस्ट्रिज लिमिटेडमा प्रबन्ध निदेशक रोहित गुप्ताले ईकोवायर–जेडएच नेपालमै पहिलो ह्यालोजन मुक्त एकमात्र तार भएको बताए । ग्राहकवर्गको माग, सुरक्षालाई आत्मसात गरी नयाँ नयाँ प्रविधि तथा नविनतम उत्पादनहरु बजारमा ल्याउने उनले प्रतिबद्धता जनाए ।
लिट्मस इन्डस्ट्रीज लिमिटेडका उपाध्यक्ष सरोज मिश्रले बजारमा लिट्मस ईकोवायर– जेडएचको विश्वसनीयतामा जोड दिँदै यसको अतुलनीय सुरक्षा प्रविधिका कारण ग्राहकहरूले उत्पादनलाई विश्वास गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस्