Shikhar Insurance
National Life

जालपा स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण

सिंहदरबार संवाददाता
२०८० भाद्र २४, आईतवार १०:४३
Hyundai
NCELL
NIMB

गाईघाट । उदयपुरको त्रियुगा नगरपालिका–१६ सुकौरास्थित जालपा चिलाउने स्वास्थ्यचौकीलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । त्रियुगा नगरपालिकाका प्रमुख वसन्तकुमार बस्नेतले शनिबार एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।

जालपा चिलाउने क्षेत्रका बिरामीलाई उपचारका लागि अन्यत्र जान निःशुल्करूपमा सेवा प्रदान गर्न तथा बिरामी अन्यत्र लैजान एम्बुलेन्स हस्तान्तरण गरिएको नगरप्रमुख बस्नेतले बताए । त्रियुगा नगरपालिकासहित संस्थागत सामाजिक दायित्व कार्यक्रमअन्तर्गत जनरल इन्स्योरेन्स कम्पनीको  १५ लाख रूपैयाँ, माछापुछ्रे र बैंक, सानिमा बैंकको रु पाँच लाख र त्रियुगाको पाँच लाख रूपैयाँमा एम्बुलेन्स खरिद गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरिएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्रियुगाका १६ वडामध्ये अहिलेसम्म दुर्गम पहाडी भेगका वडामा एम्बुलेन्स हस्तान्तरण गरिएको नगरपालिकाले जनाएको छ । ग्रामीण भेगको स्वास्थ्यचौकीमा उपचार सेवा प्राप्त गर्न आएका बिरामी र सुत्केरीलाई तत्काल अन्यत्र थप उपचारका लागि लैजान परे एम्बुलेन्स सेवा प्रभावकारी हुने भएकाले अधिकांश वडा र सोअन्तर्गतका स्वास्थ्यचौकी तथा प्राथमिक केन्द्रलाई एम्बुलेन्स उपलब्ध गराउँदै जाने नगरपालिकाको लक्ष्य छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्