Shikhar Insurance
National Life

कृषि विकास बैंकद्वारा नयाँ भर्सन एडीबीएल स्माट प्लसको मोबाइल बैंकिङ सुरुवात

सिंहदरबार संवाददाता
२०८० भाद्र २२, शुक्रबार १६:२८
Hyundai
NCELL
NIMB

काठमाडौं । कृषि विकास बैंकले विद्युतीय भुक्तानीको कारोबारमा जोड दिएको छ । डिजिटल एडीबीएल भन्ने नाराका साथ विद्युतीय माध्यमबाट हुने कारोबारलाई प्राथमिकता साथ सञ्चालन तथा परिमार्जन गरिरहेको बैंकले जनाएको छ । बैंकले आज शुक्रबारबाट यस बैंकको मोबाइल बैंकिङ सिस्टम अपग्रेड गरेको जनाएको छ ।

यस बैंकका करिब पाँच लाख मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरुको कारोबारको सुरक्षा तथा थप सेवा उपयोग गर्न सरल र सहज हुने हिसावले आकर्षक इन्टरफेससहित मोबाइल बैंकिङको नयाँ भर्सन एडीबीएल स्मार्ट प्लस जारी गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले जानकारी दिए । बैंकको नयाँ भर्सन एडीबीएल स्मार्ट मोबाइल बैंकिङमा निम्न बमोजिमका सुविधाहरु रहने बैंकले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

मोबाइल बैंकिङको युजर पासवर्ड प्रयोग गरी वभबाट लगिङ गर्न सकिने र यसरी लगिङ गर्दा इन्टरनेट बैंकिङ सेवा सरहको भुक्तानी सिमा कायम हुने । बैंकले उपलब्ध गराएका डेविट कार्ड, मुद्दती खाता, व्यक्तिगत कर्जा लगायतका सेवाहरुको ब्याजदर, कारोबार रकम हेर्न सकिने । विभिन्न वालेटहरुमा व्यालेन्स लोड गरी कारोबार गर्न सकिने ।

मोबाइलको लेआउटमा पर्याप्त ध्यान दिई सेवाग्राहीका लागि सजिलो युजर इन्टरफेस तयार गरिएको । ग्राहक सेवामा देखिएका समस्याहरु तथा जानकारीहरु सम्प्रेषण गर्न सकिने गरी सेवाग्राहीसम्बन्धी व्यवस्था गरिएको । बैंकले उपलब्ध गराएको डेविट कार्ड हराएमा वा चोरी भएमा मोबाइल बैंकिङबाट कार्ड बन्दका लागि अनुरोध गर्न सकिने।

डेविट कार्डको पिन बिर्सेमा पुनः अनुरोध गर्न सकिने । चेक वुक तथा बैंक विवरण अनुरोध गर्न सकिने । बचत खातामा भएको रकमबाट मुद्धती खाता खोल्न सकिने । रजिष्ट्रेसन गर्दाका बखतनै विभिन्न प्रश्नहरु सेट गरी मोबाइल बैंकिङ कारोबारलाई थप सुरक्षित गर्न सकिने ।

खातावालाको प्रोफाइल, खाताको विवरण, कारोवारको विवरणलगायत अन्य छिटो पेमेन्टसम्बन्धी विशेषताहरु थप भएको । बैंकका विभिन्न सेवाहरुको जानकारी प्राप्त गर्न सकिने व्यवस्था भएको । विभिन्न मर्चेन्टहरुको विल भुक्तानी गर्न सकिने । अनलाइन खाता, ब्याजदर, व्रान्च नेटवर्कलगायत बैंकका विभिन्न सेवाहरुको जानकारी लिन सकिने र रजिष्टरर्ड माेबाइलबाट ग्राहकले मोबाइल बैंकिङ सेवा वन्द गर्न चाहेमा बन्द लेखि ३२४२५ मा एसएमएस पठाएर सेवा रोक्का गर्न सकिने ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्