Shikhar Insurance
National Life

एनआईसी एसिया बैंकले ल्यायो अफर, रकम ट्रान्सफरमा हरेक साता स्मार्टफोन जित्न सकिने

सिंहदरबार संवाददाता
२०८० भाद्र २२, शुक्रबार १३:४०
Hyundai
NCELL
NIMB

काठमाडौं । एनआईसी एसिया बैंकले कनेक्टआइपीएससँँगको सहकार्यमा आफ्ना मोबाइल बैंकिङ ग्राहकहरुका लागि ‘फन्ड ट्रान्सफरमा हरेक हप्ता मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ । सो अफरअन्तर्गत हरेक हप्ता एकजना भाग्यशाली मोबाइल बैंकिङ ग्राहकले यस बैंकको मोबाइल बैंकिङ एप प्रयोग गरी कनेक्टआइपीएसमार्फत रकम ट्रान्सफर गर्दा १ थान स्मार्टफोन जित्न सकिने कम्पनीले जनाएको छ ।

यही भदौ १७ गते आइतबारदेखि असोज २० गतेसम्म लागू हुने उक्त अफरअन्तर्गत एकजना ग्राहकलाई हप्ता सकिएपछि ‘लक्की ड्र’ मार्फत विजेता घोषणा गरिनेछ र उक्त विजेताको जानकारी एनआईसी एसिया बैंकको आधिकारिक सामाजिक सञ्जालहरुमार्फत सार्वजनिक गरिनेछ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

रकम ट्रान्सफर गर्न आफ्नो मोबाइल बैंकिङ सेवा एपमा लगिङ गरी मोबाइल स्क्रिनको तल्लो भागमा रहेको रकम ट्रान्सफर अप्सनमा क्लिक गरेर अर्को बैंकको कनेक्टआइपीएस छनौट गर्नुपर्छ । यसरी रकम ट्रान्सफर गर्दा कनेक्टआइपीएसमा छुट्टै दर्ता गर्न आवश्यक पर्दैन ।

रकम ट्रान्सफर तथा विभिन्न भुक्तानीका निम्ति मोबाइल बैंकिङको बढ्दो प्रयोग र लोकप्रियतालाई यस अफरले थप प्रवर्द्धन गर्ने विश्वास बैंकले लिएको छ । हाल २४ लाखभन्दा बढी मोबाइल बैंकिङ ग्राहकहरुले  प्रयोग गरिरहेकाे छ भने मोबाइल बैंकिङमा रहेको कनेक्टआइपीएसमार्फत प्रतिदिन प्रतिकारोबार ३ लाख रुपैयाँसम्म ट्रान्सफर गर्न सकिन्छ ।

एनआईसी एसिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरूमध्येको बैंक हो । यस बैंकले मुलुकभर ३ सय ६० शाखा कार्यालय, ६ सय १ एटिएम, १ सय ९ वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित बैंकिङ सञ्जाल विस्तार गरेको छ।

वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको छ । देशको कुल जनसंख्याको ८० प्रतिशतभन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२ प्रतिशत शाखा कार्यालय स्थापना गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्