Shikhar Insurance
National Life

ज्योति क्यापिटलले १०.५२ प्रतिशत नगद लाभांश दिने

सिंहदरबार संवाददाता
२०८० भाद्र २२, शुक्रबार १३:१५
Hyundai
NCELL
NIMB

काठमाडाैं । ज्योति क्यापिटल लिमिटेडले बिहीबार १०.५२ प्रतिशत नगद लाभांश पारित गरेको छ । बिहीबार सम्पन्न वार्षिक साधारणसभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिमको १०.५२ प्रतिशतले हुन आउने २ करोड २१ लाख ५ हजार २३० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

सभाले ज्योति विकास बैंक वाहेकका संस्थापक समूहको सेयरधनीहरुको तर्फबाट संञ्चालक समितिमा प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अविनास उप्रेतीलाई निर्विरोध निर्वाचितसमेत गरेको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

ज्योति विकास बैंकको सहायक कम्पनीका रूपमा रहेका यस क्यापिटलको चुक्ता पुँजी २१ करोड रहेको छ ।
कारोबार सञ्चालनको अनुमति पाएको ३ महिनाभन्दा कम समयमा नै यस क्यापिटलले ६३.५९ लाख रूपैयाँको आयकर तथा ३.७२ लाख रूपैयाँबराबर अन्य कर गरी जम्मा ६७.३१ लाख रूपैयाँ करमार्फत राज्यको समृद्धिमा योगदान पुर्याएको छ ।

हरेक ग्राहकहरुको सम्पन्नताको सहयात्री बन्ने उद्देश्य वोकेको यस क्यापिटलले नेपाल धितोपत्र बोर्डमा मर्चेन्ट बैंकिङ्ग कार्य गर्न अनुमतिको लागि आवेदन गरी धितोपत्र बोर्डबाट पूर्वाधार तयार गर्ने पत्र प्राप्त गरी लगानी व्यवस्थापन, संस्थागत परामर्श लगायतका सेवा प्रदान गर्ने गरी पूर्ण संचालनमा आउने क्रममा रहेको छ ।

GBIME
Nabil Bank

प्रतिक्रिया दिनुहोस्