Shikhar Insurance
National Life

टीभीएसले नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर आइक्युब सार्वजनिक गर्दै

सिंहदरबार संवाददाता
२०८० भाद्र २२, शुक्रबार ११:५४
Hyundai
NCELL
NIMB

काठमाडौं । टीभीएसको लागि नेपालको आधिकारिक वितरक जगदम्बा मोटर्सले यही भदौ २६ गतेदेखि हुन गइरहेको नाडा अटो शोमा आफ्नो इलेक्ट्रिक स्कुटर टीभीएस आईक्युब सार्वजनिक गर्ने भएको छ ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले भने, ‘टीभीएस आइक्युब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल सहरी गतिशीलताप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्दछ । आकर्षक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक सहरका सचेत नागरिकहरूको लागि आकर्षक मूल्यमा नवीनतम विकल्पहरू प्रदान गर्ने उद्देश्यले हामीले टीभीएस आइक्युब नेपाली बजारमा ल्याएका हौं ।’

Citizen Life
Kumar Bank
Prabhu Insurance

३ किलोवाटको बलियो बिएलडिसी हब मोटरको प्रयोग गरिएको यस टीभीएस आइक्युबको पर्फरमेन्स उत्कृष्ट रहेको कम्पनीले जनाएको छ । ४.४० किलोवाटको अधिकतम पावर र १४० एनएम म्याक्सिमम् टर्क भएकाले आइक्युबले भीडभाड भएको ट्राफिकमा समेत स्पीड र एजिलिटी प्रदान गर्दछ। यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रति घण्टा रहेको छ ।

टीभीएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्छ । ५ घण्टामा १०० प्रतिशतसम्म चार्ज हुन सक्ने टीभीएस आइक्युबमा पोर्टेबल चार्जर पनि आउँछ । चालकहरूले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन् । ४.४० को पिक पावर र १४० एनएमको पिक टर्क रहेको यस टिभीएस आइक्युबले साघुरो सडक ट्राफिकमा पनि सजिलोसँग एक्सिरेलेट गर्न सक्छ ।

टीभीएस आईक्युबको ३.०४ केडबल्युएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटर सम्मको रेन्ज प्रदान गर्दछ जसले यस स्कुटरलाई दैनिक यात्राको लागि भरपर्दो विकल्प बनाएको छ । ५ घण्टामा १०० प्रतिशतसम्म चार्ज हुन सक्ने टीभीएस आइक्युबमा पोर्टेबल चार्जर पनि आउँछ । चालकहरूले आफ्नो आवश्यकता अनुसार पावर अथवा इको मोडमा यस स्कुटरलाई चलाउन सक्नेछन् । ४.४० को पिक पावर र १४० को पिक टर्क रहेको यस टीभीएस आइक्युबले साँघुरो सडक र व्यस्त ट्राफिकमा पनि सजिलोसँग एक्सिलरेट गर्न सकिन्छ ।

आइक्युबमा टीभीएस एनटर्क सिरिजका स्कुटरजस्तै स्मार्ट कनेक्ट फिचर समेत उपलब्ध छ । चालकले स्कुटरसँग आफ्नो स्मार्टफोन ब्लुटुथद्वारा कनेक्ट गरेर आगमन कलरएसएमएस अलर्ट, न्याभिगेसन, म्युजिक प्लेयर कन्ट्रोल, अन्तिम पार्क गरिएको ठेगाना तथा एन्टी–थेप्ट जस्ता स्मार्ट फिचरहरू पनि यस स्कुटरले प्रदान गरेको छ

रिजेनेरेटिभ ब्रेकिङ सिस्टम भएको हुँदा टीभीएस आईक्युबको यात्रा सहज हुनुको साथै ऊर्जा पनि कम खपत हुन्छ। त्यस्तै यात्रुलाई अझ बढी सुविधा प्रदान गर्न यस स्कुटरमा टेलिस्कोपिक फोर्क र ट्विन हाइड्रोलिक एबजरबर सस्पेन्सन प्रयोग गरिएको छ । यस टीभीएस आइक्युबको सिटको उचाइ ७७० एमएमको रहेको छ भने ग्राउन्ड क्लियरेन्स १५० एमएमको रहेको छ । त्यस्तै यसको तौल ११७ किलोग्राम रहेको छ भने डिजाइन पनि हल्का र युजर–फ्रेण्ड्ली रहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्