Shikhar Insurance
National Life

नेपाल नागरिक उड्डयन प्राधिकरणले ल्यायो साढे ३६ अर्बको बजेट

सिंहदरबार संवाददाता
२०८० भाद्र २१, बिहीबार १७:०९
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०/८१ का लागि साढे ३६ अर्ब रूपैयाँको बजेट विनियोजन गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि ३६ अर्ब ६६ करोड ६४ लाख रूपैयाँ बजेट स्वीकृत गरेको हो। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

अन्तर्राष्ट्रिय संघ-संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गरे।

प्राधिकरणले चालु आवमा १५ अर्ब ८८ करोड २५ लाख रूपैयाँ आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै ऋण/सेयर लगानीका रुपमा ६ अर्ब ६४ करोड रूपैयाँ प्राप्त हुने अनुमान गरिएको छ ।

प्राधिकरणले पुँजीगत खर्चका लागि १९ अर्ब तीन करोड ८८ लाख रूपैयाँ विनियोजन गरेको छ भने कर्मचारी खर्चमा २ अर्ब ११ करोड ७१ लाख रूपैयाँ छुट्याएको छ । प्राधिकरणले कार्य सञ्चालन खर्च ४ अर्ब ३४ करोड र कर्मचारीको बोनसमा ४ अर्ब ८९ रूपैयाँ विनियोजन गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्