Shikhar Insurance
National Life

ठूला मिटरब्याजी अनुपस्थित भएपछि जिप्रका ललितपुरले प्रहरी कार्यालयलाई लेख्यो पत्र

सिंहदरबार संवाददाता
२०८० भाद्र १८, सोमबार १४:५०
Hyundai
NCELL
NIMB

काठमाडाैं । २०८० साल असार १२ गते देउराली सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईंले आफू र आफ्ना संस्था डुबाउन भूमिका खेल्ने मिटरब्याजीहरुविरुद्ध जिल्ला प्रशासन कार्यालय ललितपुरमा मुद्दा दर्ता गरेका थिए । उक्त मुद्दा दर्ता भए लगत्तै छानबिन सुरु भएको थियो ।

सोसँगै ३ जना मिटरब्याजीले चलन चल्तीको ब्याजभन्दा माथिको नगद र धितोमा राखेको घरजग्गा, गाडी फिर्ता गरेको पिडित चौलागाईंले बताएका छन् । बाँकी रहेका १२ जना मिटरब्याजी सम्पर्कमा नआएको उनले सुनाए । जिप्रका ललितपुरले सम्पर्कमा आउन भनेपनि नआएपछि जिल्ला प्रहरी कार्यालय ललितपुरमा उनीहरु सम्पर्कमा नआएको बारे प्रशासनले जानकारी पत्र पठाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

सो पत्र पठाएकाबारे मिटरब्याज पीडित रवीन्द्र चौलागाईंले बताएका छन् । चौलागाईंले मुद्दा हालेका मिटरब्याजीहरुमा सीताराम राउत, विवेक केसी, आशिष प्रधान, रवि महर्जन, रुविन मर्हजन,सुमन मर्हजन, मोहन घिमिरे, सञ्जय अधिकारी, विशाल नारायण भारी, भावना भारी, कमला खत्री, मञ्जु भण्डारी, हितेश केसी, र अविनाश कार्की (जनप्रिय सहकारी अध्यक्ष ) लगायत रहेको जिल्ला प्रशासन कार्यालय ललितपुरको पत्रमा उल्लेख छ ।

उनीहरुले मिटरब्याजमा पैसा लगाएको पुष्टि भएपछि र सम्र्पकमा नआएपछि जिप्रकाले प्रहरी कार्यालयमा पत्र पठाएको बताइएको छ । मिटरब्याजीहरु सम्पर्कमा नआएपछि र बारम्बार फोन गर्दा समेत उपस्थीत नभएको कारण जिल्ला प्रशासनले उनीहरुविरुद्ध प्रहरी कार्यालयमा पत्र पठाएको चौलागाइले बताए ।

मिटरब्याजसम्बन्धी कानुन बनेपछि आफ्नो अतिरिक्क्त रकम खाएकाहरुबाट रकम फिर्ता हुने आशा पलाएको चौलागाईंले बताएका छन् । सो रकम फिर्ता भएपछि सहकारीका साना बचतकर्ताहरुको बाँकी रहेको निक्षेप फिर्ता गर्ने योजना रहेको उनले सुनाए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्