Shikhar Insurance
National Life

इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद–बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने

सिंहदरबार संवाददाता
२०८० भाद्र १७, आईतवार १४:२१
Hyundai
NCELL
NIMB

काठमाडौँ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट इन्फिनिटी सेक्युरिटिजमार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ ।

यस सम्झौताले लगानीकर्ताहरुलाई इन्फिनिटी सेक्युरिटिजबाट गरेको सेयर खरिद बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। अनलाइन भुक्तानीसम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट चिफ बिजनेस अफिसर आशिष गौतम, असिस्टेन्ट म्यानेजर परिना श्रेष्ठ र इन्फिनिटी सेक्युरिटिजका चिफ अपरेटिङ अफिसर संगीता तिमल्सिना र कम्प्लाएन्स अफिसर निता नेपालले हस्ताक्षर गरे।

Citizen Life
Kumar Bank
Prabhu Insurance

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७५ लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुई लाखभन्दा बढी एजेन्टमार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढी जनसंख्याले सेवा लिइरहेका छन् ।

इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाइल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महसुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्न सकिन्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्