Shikhar Insurance
National Life

तेल अभिभमा इरिट्रियाका प्रदर्शनकारी र इजरायली प्रहरीबीच झडप, सय जनाभन्दा बढी घाइते

सिंहदरबार संवाददाता
२०८० भाद्र १७, आईतवार १२:५४
Hyundai
NCELL
NIMB

जेरूसेलम। तेल अभिभमा शनिबार इरिट्रियाका प्रदर्शनकारी र इजरायली प्रहरीबीच भएको हिंसात्मक झडपमा परी १०० भन्दा बढी घाइते भएका इजरायली आपतकालीन सेवाहरूले बताएका छन् ।

इरिट्रियाली दूतावासले आयोजना गर्न लागेको कार्यक्रममा प्रदर्शन गर्न एक क्लब नजिकै भेला भएका इरिट्रियाली सरकारका समर्थक र विपक्षीबीच बिहान झडप भएको हो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

झडप तीव्र गतिमा बढ्यो र केही प्रदर्शनकारीहरू हस्तक्षेप गर्न आएका इजरायली प्रहरी बलको विरोधमा उत्रे । सामाजिक सञ्जालमार्फत सार्वजनिक भएको फुटेजमा उक्त घटना क्लबनजिकै भएको देखिएको छ, जहाँ कार्यक्रमस्थलको झ्याल फुटेको थियो र प्रहरीका कार र स्टोरहरूमा तोडफोड गरिएको थियो ।

“हिंसा र अशान्ति रोक्नका लागि तेल अभिभ क्षेत्रमा व्यापक प्रहरी बल तैनाद गरिएको छ,” प्रहरीले सामाजिक सञ्जाल एक्स (ट्वीटर)मा पोस्ट गरेको विज्ञप्तिमा भनिएको छ ।

इजरायली सञ्चारमाध्यमका अनुसार हिंसा रोक्नका लागि ‘लाइभ फायरिङ’ र ‘स्टन ग्रेनेड’को प्रयोग गरिएको थियो ।

प्रहरीले ३९ जनालाई पक्राउ गरेपछि सडकमा शान्ति बहाली भइरहेको र हिंसामा करिब ३० जना प्रहरी अधिकारी घाइते भएको जनाइएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले स्थितिको बारेमा नियमित जानकारी लिँदै राष्ट्रिय सुरक्षा मन्त्री र प्रहरी आयुक्तलाई ‘सार्वजनिक व्यवस्था बहाल गर्न काम गर्न’ निर्देशन दिएको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । सिन्ह्वा

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्