Shikhar Insurance
National Life

मौद्रिक नीतिका कारण ब्याजदर बढ्योः अर्थमन्त्री डा. महत

सिंहदरबार संवाददाता
२०८० भाद्र १५, शुक्रबार १७:४६
Hyundai
NCELL
NIMB

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले मौद्रिक नीतिका कारण ब्याजदर बढेको बताएका छन् । शुक्रबार बुटवल जेसिस स्वर्णजयन्ती समारोहलाई सम्बोधन गर्दै अर्थमन्त्री डा. महतले मौद्रिक नीतिमा मौद्रिक नीतिमा कडाई गर्दा ब्याज दर बढेको बताएका हुन् । उनले ब्याजदर बढ्ने यो क्रम दीगो भने नभएको र अब ब्याजदर घटाउनु आफुले भूमिका खेल्ने पनि बताए ।

डा. महतले अहिले पुँजीको परिचालन भैरहेको भन्दै  अर्थतन्त्रमा देखिएको निरासाको संकेत अस्थायी भएको दावी पनि गरे ।  ‘आशा र निराशाका बीचबाट हामी र देश अगाडि बढ्नुपर्नेछ, निश्चिय नै अहिले हामी समस्यामा छौं, अर्थतन्त्र केही समस्यामा छ ।’, डा. महतले भने ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले व्यवसायीहरु यतिबेला समस्या रहेको तथ्य भने स्वीकार गरे । ‘व्यवसायी मर्कामा छन्, उनीहरुको आत्मविश्वासमा कमी आएको छ । नकारात्मक कुरा गरिराख्यो भने हाम्रो आत्मविश्वास घटेर जान्छ । सबैले खराबै मात्र भन्ने हो भने केही गरौं भन्ने भावनाबाट प्रेरित भएर उद्योग व्यवसाय गर्छु भन्ने व्यक्तिसमेत चुप लागेर बस्छन् ।’, उनले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्