Shikhar Insurance
National Life

नेपाल बैंकले व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्न एसियाली विकास बैंकसँग सम्झौता

सिंहदरबार संवाददाता
२०८० भाद्र १५, शुक्रबार १७:४१
Hyundai
NCELL
NIMB

काठमाडौँ । नेपाल बैंकले एसियाली विकास बैंकसँग व्यापार वित्तीय क्षमता अभिवृद्धि गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ ।

नेपाल बैंकले एसियाली विकास बैंकसँग उसको ट्रेड एण्ड सप्लाई चेन फाइनान्स कार्यक्रमअन्तर्गत सम्झौता गरेको हो । कार्यक्रमले व्यापार वित्तीयको आवश्यकतालाई सम्बोधन गर्न व्यापारिक ऋण र आवश्यक सहयोग प्रदान गरेर अन्तर्राष्ट्रिय व्यापार र विकासलाई टेवा पुर्‍याउने बैंकको विश्वास छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

२०२२ मा एडीबीले गरेको १० हजारभन्दा बढी व्यावसायिक कारोबारहरूमार्फत ७.७ बिलियन डलरभन्दा बढीको व्यापारिक सहयोगमध्ये ६० प्रतिशतभन्दा बढी साना र मध्यम आकारका व्यवसायहरू थिए ।

नेपालको पहिलो बैंक नेपाल बैंकले एडीबीसँग साझेदारी गर्ने पहिलो नेपालको सरकारी बैंक भएको छ । यो सम्झौताले २ सयभन्दा बढी देशबाट अन्तर्राष्ट्रिय व्यापार गर्न सहयोग प्रदान गर्ने जनाइएको छ । नेपाल बैंकको वित्तीय अवस्था, संस्थागत सुशासन, जोखिम र अनुपालनका मुख्य क्षेत्रहरूमा व्यापक छलफल र सहकार्यपछि एशियाली विकास बैंकसँग यो सम्झौता हुन सम्भव भएको बताइएको छ ।

सम्झौतामा एडीबीका प्रमुख स्टिभन बेक र नेपाल बैंक लिमिटेडका प्रमुख कर्जा अधिकृत लक्ष्मण पौडेलले हस्ताक्षर गरेका थिए । कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले एसियाली विकास बैंकसँग व्यापार वित्तीय सम्झौता गर्न पाउँदा आफूहरु उत्साहित भएको बताए ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्