Shikhar Insurance
National Life

भाेलि काठमाडौं र ललितपुरका यी स्थानमा साढे आठ घण्टा विद्युत अवरूद्ध हुने

सिंहदरबार संवाददाता
२०८० भाद्र १५, शुक्रबार १२:०५
Hyundai
NCELL
NIMB

काठमाडौं । ललितपुर र काठमाडौंका विभिन्न स्थानमा शनिबार साढे आठ घण्टासम्म विद्युत आपूर्ति बन्द हुनसक्ने नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

काठमाडौंकाे कुलेश्वर र रत्नपार्क तथा ललितपुरका पुल्चोक र लगनखेल वितरण केन्द्रअन्तर्गत पर्ने फिडरहरुबाट आपूर्ति हुँदै आएको बिजुली शनिबार बिहान १० बजेदेखि साँझ ६ः३० बजेसम्म प्रभावित हुनसक्ने प्राधिकरणले जनाएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

टेकु सबस्टेसनको स्तरोन्नति गरी टेकु–स्युचाटार ६६ केभी लाइन १३२ केभीमा चार्ज गर्ने कार्य भइरहेकाले विद्युत आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ ।

प्राधिरकरणले जारी गरेको सूचनामा लेखिएअनुसार विद्युत आपूर्ति सकेसम्म कम प्रभावित होस् भनेर सबै फिडरहरुमा वैकल्पिक व्यवस्थासमेत गरिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्