काठमाडौं। नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको छ । ईन्डियन आयल कर्पोरेसनले पठाएको नयाँ मूल्य सूचि अनुसार निगमले मूल्य समायोजन गरेको हो ।
निगमले खाना पकाउने एलपी ग्यासको मूल्यमा प्रतिसिलिन्डर २३५ रुपैयाँले वृद्धि गरेको छ। अब खाना पकाउने ग्यासको मूल्य १८९५ रुपैयाँ पुगेको छ ।
यस्तै निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ पनि बढाएको छ। पेट्रोलमा प्रतिलिटर ४ र डिजेल तथा मट्टीतेलमा ३ रुपैयाँले भाउ बढाइएको हो । नयाँ मूल्य बिहिवार राती १२ बजेबाट लागू हुनेछ ।
प्रतिक्रिया दिनुहोस्