काठमाडौं । काठमाडौं महानगरपालिकाले आज र भोलि चाडपर्व लक्षित गरेर विभिन्न रुटमा सवारी निषेध गरेको छ ।
काठमाडौंको ऐतिहासिक तथा सांस्कृतिक महत्वको गुपुन्ही (क्वाति पुन्ही) र सापारु (गाईजात्रा)को लागि दुई दिन महानगरका विभिन्न रुटमा सवारी निषेध गरेको महानगरले जनाएको छ ।
काठमाडौंको जात्रा हुने मार्गहरुमा भीडभाड हुने र सवारी आवतजावत गर्न नसक्ने भएकोले बर्सेनि विभिन्न मार्गहरु निषेध गर्दै आएको छ ।
काठमाडौं कुन–कुन रुटमा सवारी निषेध (गाईजात्रा परिक्रमा मार्ग)
असन–केल टोल– इन्द्रचोक– मखन– हनुमानढोका दरबार परिसर– मरु टोल चिकँमुगल
–जैशिदेवल –ज्याबहाल –लगन चोक– गोफल– ब्रम्हटोल ह्युमत –जैशिदेवल
–कोहिटी– भीमसेनस्थान– मरुटोल–प्याफल – ढोकाटोल– मुकुमबही– यदखा –नरदेवी
– टेंगल–न्ह्योंखा–बाङ्गेमुढा– न्हैकन्तला– असन– कमलाछी भोताहिटी हुँदै असन
प्रतिक्रिया दिनुहोस्