Shikhar Insurance
National Life

महालक्ष्मी विकास बैंकले अनलाइन सेवालाई परिष्कृत गर्दै पुनः सञ्चालनमा

सिंहदरबार संवाददाता
२०८० भाद्र १४, बिहीबार १५:५१
Hyundai
NCELL
NIMB

काठमाडौं। महालक्ष्मी विकास बैंकले अनलाइन सेवाहरुलाई परिष्कृत गर्दै पुनः सञ्चालनमा ल्याएको छ।

बैंकले अनलाइन सेवालाई परिष्कृत गरेसँगै ग्राहकहरुले अनलाइनमार्फत सहजै खाता खोल्न, केवाइसी अद्यावधिक गर्न, नयाँ डेबिट कार्ड, मोबाइलरइन्टरनेट बैंकिङ, नयाँ लकर र मर्चेन्ट (क्यूआर) आवेदन र डिस्प्युट क्लेम जस्ता सेवा पाउने बैंकले जनाएको छ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

बैंकको आधिकारिक वेबसाइटमार्फत ग्राहकहरुले उक्त सेवाहरु लिन सक्ने बताइएको छ। डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै विद्युतीय सेवाहरुलाई प्रभावकारी बनाउने उद्देश्यले बैंकले उक्त अनलाइन सेवालाई संशोधन गरेको जनाएको छ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्