Shikhar Insurance
National Life

सामान्य अंकले घट्यो नेप्से परिसूचक

सिंहदरबार संवाददाता
२०८० भाद्र १२, मंगलवार १५:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक ५.०५ अंकले घटेर १,९९३.४२ अंकमा कायम भएको छ।

आज २७८ कम्पनीको ४० लाख ६ हजार ७ सय ३९ कित्ता सेयर २९ हजार ६ सय ४० पटक खरिदबिक्री हुँदा कारोबार रकम ८६ करोड ५१ लाख २० हजार ४ सय ५२ मा खुम्चिएको छ ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

लगानी समूह, म्युचुअल फन्ड, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक बढेका छन् भने बाँकी सबै समूहको उपसूचक घटेको छ । लगानी समूह ०.०९, म्युचुअल फन्ड ०.०४, निर्जीवन बीमा ५.६१ र व्यापार ०.८० अंकले बढेका छन् । सबैभन्दा धेरै घट्नेमा भने जीवन बीमा समूह ५०.०१ र होटल तथा पर्यटन ३५.५८ अंकले घटेका छन् ।

त्यस्तै, बैङ्किङ २.१९, विकास बैङ्क २१.१७, वित्त ४.८८, जलविद्युत् ११.४१, उत्पादन तथा प्रशोधन ३१.४२, लघुवित्त ०.६० र अन्य समूह ३.१२ अंकले घटेको छ ।

आजको कारोबारमा कुथेली बुखारी स्मल हाइड्रोपावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । त्यस्तै, सबैभन्दा धेरै गुमाउनेमा भने स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य प्रतिकित्ता ४.८३ प्रतिशतले घटेको छ ।

कारोबार भएका सेयर संख्याका आधारमा आज सबैभन्दा धेरै माछापुच्छ्रे  बैंक लिमिटेडको ३ करोड ६२ लाख दुई हजार ६ सय ५९ बराबरको कारोबार भएको छ । कारोबार भएका सेयर संख्याका आधारमा भने सिद्धार्थ इक्विटी फन्डको ४ लाख ६७ हजार ४५ कित्ता किनबेच भएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्