Shikhar Insurance
National Life

बैकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

सिंहदरबार संवाददाता
२०८० भाद्र १२, मंगलवार १२:३१
Hyundai
NCELL
NIMB

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बैकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरी सार्वजनिक गरिएको छ ।

नुवाकोट जिल्लाको साविक कबिलास गाबिस–७ हाल परिवर्तित पञ्चकन्या गाउँपालिका–२ स्थायी घर भई काठमाडौं तारकेश्वर नगरपालिका–१० बस्दै आएका ३८ वर्षीय सन्तोष घलेलाई पक्राउ गरिएको उक्त कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनका अनुसार बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति जारी भएपछि फरार रहेका उनलाई प्रहरी टोलीले काठमाडौं महानगरपालिका–१५ छाउनीबाट पक्राउ गरी आवश्यक कारबाही तथा अनुसन्धानका महाराजगञ्जस्थित प्रहरी वृत्तमा पठाइएको उक्त कार्यालयले जनाएको छ ।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्