Shikhar Insurance
National Life

सुनको मूल्य प्रतितोला ६ सयले बढ्यो

सिंहदरबार संवाददाता
२०८० भाद्र १२, मंगलवार १२:११
Hyundai
NCELL
NIMB

काठमाडौं । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ११ हजार ७ सय निर्धारण गरिएको छ । अघिल्लो दिन प्रतितोला एक लाख ११ हजार एक सयमा कारोबार भएका सुनको मूल्य आज प्रतितोला ६ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख ११ हजार एक सय ५० कायम भएको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला एक लाख १० हजार ५ सय ५० थियो ।

Citizen Life
Kumar Bank
Prabhu Insurance

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु पाँचले बढेर एक हजार ४ सय ६५ तोकिएको महासंघले जनाएको छ ।

महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुन तथा चाँदीको कारोबार मूल्यका तुलनामा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्