Shikhar Insurance
National Life

संघीयतालाई बलियो बनाउनुपर्छः एमाले सचिव अर्याल

सिंहदरबार संवाददाता
२०८० भाद्र ११, सोमबार १३:३९
Hyundai
NCELL
NIMB

लुम्बिनी । नेकपा (एमाले) का सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले संघीयताले नै जनातका अधिकार स्थापित गर्ने भएकाले यसलाई बलियो बनाएर लैजाने गरी एमाले लागेको बताएका छन्।

नेकपा एमाले संघीय संरचनाबारे पुनर्विचार गर्नुपर्ने निष्कर्षमा नपुगेको बताउँदै सचिव अर्यालले संघीयताप्रति एमाले स्पष्ट रहेको बताए। पार्टीको लुम्बिनी प्रदेशको प्रथम अधिवेशनका अवसरमा आज बुटवलमा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको छलफलमा नेता अर्यालले प्रदेश अधिवेशनमा कुनै नेताको नाममा गुट नभएको दाबी गरे। उनले प्रदेश अधिवेशनबाट सही र सक्षम नेतृत्व चयन हुने बताए।

Citizen Life
Kumar Bank
Prabhu Insurance

उनले अधिवेशनले सकेसम्म सर्वसम्मत र त्यो नभए स्वस्थ प्रतिस्पर्धाबाट नेतृत्व चयन गर्ने पनि धारणा राखे। “सर्वसम्मत भनेको सहमति र समझदारी हो”, उनले भने, “सहमति र समझदारी गरेर आउँदा चुनाव नै गर भन्न मिल्दैन ।” एमालेको लुम्बिनी प्रदेशको प्रथम अधिवेशन भदौ १६ र १७ गते बुटवलमा हुने भएको छ । अधिवेशनका पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने पार्टी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेलले जानकारी दिए।

प्रदेश अधिवेशनका लागि प्रदेशका १२ जिल्लाबाट एक हजार चार प्रतिनिधिको चयन भइसकेको एमालेले जनाएको छ । अधिवेशनमा महिला ३३ प्रतिशत पुर्‍याउने प्रयासमा रहेको बताउँदै उनले उत्पिडित, महिला, युवाको फरक(फरक कलस्टर बनाएर प्रतिनिधि छनोट भएको जानकारी दिए।

GBIME
Api Infra

प्रतिक्रिया दिनुहोस्