काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।
भदौ १० गते कम्पनी र क्यापिटलबीच हकप्रद सेयर निष्काशन तथा बिक्री सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतापत्रमा एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल बल्लभ पन्त र क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजिव सापकोटाले हस्ताक्षर गरेका छन् ।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको हालको पुँजी १ अर्व ४५ करोड ९२ लाख ७५ हजार ७ सय ९०रुपौंया ५० पैसा को प्रति सेयर अंकित १०० दरले १० कित्ता सेयरको ६.६ को अनुपातमा ९६ लाख ३१ हजार २ सय २०.२२ कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।
प्रतिक्रिया दिनुहोस्