काठमाडौं । नेकपा(एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियुको अध्यक्षमा आरती लामा चयन भएकी छिन् । संगठनको स्थायी कमिटिको तेश्रो बैठकले लामालाई सम्मेलन आयोजक कमिटीको संयोजक बनाएको हो । उनी यसअघि अनेरास्ववियुको महासचिव थिइन ।
त्यष्स्तै, अनेरास्ववियुको महासचिवमा महेश श्रेष्ठ चयन भएका छन् । श्रेष्ठ यसअघिको कार्यकालमा उप महासचिव थिए । उनीहरुलाई आगामी मंसिर भित्र सम्मेलन गर्ने म्याण्डेड दिइएको छ ।
अनेरास्ववियुका निवर्तमान अध्यक्ष सुदेश पराजुली, सह अध्यक्ष वसिम आलम, उपाध्यक्ष यशु लामालगायतले भने विद्यार्थी संगठनबाट बिदा भएर पार्टी राजनीति रोजेका छन् ।
प्रतिक्रिया दिनुहोस्